श्रीमानले गरे श्रीमतीको हत्या

हेटौडा न्युज
१० माघ २०७८, सोमबार ११:१०
;

मकवानपुर । एक जना व्यक्तिले कैलालीमा आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*