मकवानपुर । आजबाट मकवानपुरमा मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढेको र जनस्वास्थ्यको मापदण्डलाई पालना गराउन मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।