ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

हेटौडा न्युज
१० माघ २०७८, सोमबार ११:५४
;

मकवानपुर । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरको मनहरीमा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा जिल्ला बागेश्वरी–८ का ४२ वर्षीय ओमप्रसाद गिरी रहेको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार राति चितवनबाट बीरगन्जतर्फ जाँदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाईकललाई बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए ।

घाइते गिरीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*