देशभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१० माघ २०७८, सोमबार १६:३८
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजार ६ सय ५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । भने ४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*