मंगलवार मकवानपुरमा १ सय ४६ जनामा कोरोना पुष्टि

मकवानपुर । मंगलवार मकवानपुरमा १ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १९ जनाको पीसीआर र १ सय २१ जनाको एन्टिजेन गरी जम्मा २ सय ४० जनाको कोरोना परिक्षण गर्दा १ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ३ सय २७ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ६ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मकवानपुरमा १ हजार ४ सय ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।