बुवाको हत्याको आरोपमा छोरा पक्राउ

हेटौडा न्युज
१३ माघ २०७८, बिहीबार १२:५७
;

मकवानपुर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधबार राति सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*