हेटौंडा अस्पताललाई स्वास्थ्य मन्त्रालयको २ वटा भेन्टिलेटर सहयोग

हेटौडा न्युज
१३ माघ २०७८, बिहीबार १३:५२
;

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा हेटौंडा अस्पताललाई २ वटा भेन्टिलेटर लगाएत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

आज अस्पतालमा एक कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई संघीय स्वास्थ्य मन्त्रालयबाट प्राप्त २ वटा भेन्टिलेटर, १० वटा वेडसाईड लकर र २ वटा मनिटर हस्तान्तरण गरिएको हो ।

मन्त्रालयबाट थप २ वटा भेन्टिलेटर प्राप्त भएपछि अस्पतालमा भेन्टिलेटर सङ्ख्या १२ पुगेको छ । थप भेन्टिलेटर सहयोग प्राप्त भएपछि अस्पताललाई सेवा प्रदान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राम चन्द्र सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*