बिहीवार मकवानपुरमा ७२ जनामा कोरोना पुष्टि

मकवानपुर । बिहीवार मकवानपुरमा ७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५६ जनाको पीसीआर १ सय ५ जनाको एन्टीजेन गरी जम्मा १ सय ६१ जनाको कोरोना परिक्षण गर्दा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ४ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार २ सय ३४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ हजार ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।