बिहीवार मकवानपुरमा २ सय ८५ जना कोरोना सङ्क्रमणमुक्त

हेटौडा न्युज
१३ माघ २०७८, बिहीबार १४:४४
;

मकवानपुर । बिहीवार मकवानपुरमा २ सय ८५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना पुष्टि भएकोमा २ सय ८५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ४ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार २ सय ३४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ हजार ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*