बस र ट्याक्टर ठोक्किंदा २४ जना घाइते
मकवानपुर । बस र ट्याक्टर ठोक्किंदा सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा २४ जना यात्रु घाइते भएका छन् ।
लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।










