युवा परिषद्ले गर्यो उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत
मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत गरेको छ ।
आज परिषद् परिसरमा आयोजित एक कार्यक्रमका बीचमा परिषद्ले आफ्नो स्लोगन र लोगो बनाउनेलाई सम्मान गरेको हो । परिषद्ले बिभिन्न तिन चरणमा लोगो र स्लोगनको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ ३÷३ जना छनौट भएका थिए । उनीहरुमध्ये उत्कृष्ट स्लोगन लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई परिषद्ले पुरस्कृत गरेको हो । प्रतियोगीतामा डा.शकंर उपाध्यय,साहित्यकार निमेष निखिल,पत्रकार गिरिजा अधिकारी र अधिबक्ता ऋषि केबी निर्णायकको रुपमा रहेका थिए ।

छनौट समितिको निर्णयले पराजुली र सुबेदी पुरस्कृत भएका थिए । स्लोगन तर्फ केशब सर्मपण सुबेदीले लेखेको सिर्जनशीलता र उद्यमशिलता प्रवर्धनः बागमतीमा युवा सशक्तीकरण स्लोगन उत्कृष्ठ ठहरीएको थियो भने निश्चल पराजुलीले बनाएको लोगो उत्ृकष्ठ भएको थियो । उत्कृष्ठ लोगो बनाउने पराजुलीलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरीएको थियो । भने स्लोगनतर्फ केशब सर्मपण सुबेदीलाई नगद ३० हजार सहित सम्मानपत्रले सम्मान गरीएको थियो । पुरस्कृत दुबैजनालाई परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागााईले सम्मान प्रदान गरेका थिए ।











