बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

हेटौडा न्युज
१६ माघ २०७८, आईतवार १०:४२
;

मकवानपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जङ्गलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नम्बरको बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो र बस सडक किनारमा पल्टिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खड्काको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालक घारीबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । गढिमाई अस्पतालमा लालबन्दीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगञ्ज पठाइएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिंदा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये एकजनालाई थप उपचारको लागि सिराहा पठाइएको छ । ७ जना लालबन्दी मोडेल अस्पतालमा उपचारपछि घर फर्किएका छन् । चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*