धरौटी बुझाएर रिहा भए रायभार

हेटौडा न्युज
१६ माघ २०७८, आईतवार १६:१९
;

मकवानपुर । उच्च अदालत पाटनले राजस्व छलीको मुद्दामा तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।

सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।

रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । तर रायभारले भने आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*