त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुनमा गर्ने तयारी
मकवानपुर । कोरोना सङ्क्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुनमा गर्ने तयारी भएको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्ने उनले जानकारी दिए ।
कोरोना सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।










