आजदेखि मौसम सुधार हुने
मकवानपुर । आजदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।
मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमा महाशाखाको विष्लेषण छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ । महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।










