ग्याँस बुलेटले स्कुटरलाई ठक्कर दिदाँ हेटौंडाका एक जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीमा भारतीय ग्याँस बुलेटले स्कुटरलाई ठक्कर दिदाँ हेटौंडाका एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्याँस बुलेटले ठक्कर दिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट घाइते भएका स्कुटरमा सवार हैटौंडा–१० टिसिएनरोड बस्ने अन्दाजी ५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ठक्कर दिने ग्यास बुलेट प्रहरी नियन्त्रणमा रहेको र चालकको खोजीकार्य भइरहेको छ ।










