सोमवार मकवानपुरमा १० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२४ माघ २०७८, सोमबार १४:५९
;

मकवानपुर । सोमवार मकवानपुरमा १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर र २३ जनाको एन्टिजेन गरी जम्मा ६० जनाको कोरोना परिक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ७ सय ४७ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार ६ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् ।

कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*