सोमवार मकवानपुरमा २५ जनाले जिते कोरोना
मकवानपुर । सोमवार मकवानपुरमा २५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १० जनामा कोरोना पुष्टि भएकोमा २५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ७ सय ४७ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार ६ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् ।
कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७१ जनाको मृत्यु भएको छ ।











