बागमती प्रदेशमा भोलिदेखि एकहप्ते पिपिआर खोप अभियान सुरु

हेटौडा न्युज
२४ माघ २०७८, सोमबार १८:०६
;

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान भोलिदेखि सुरु गर्देछ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै भोली मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गते सम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले जानकारी दिए । एक हप्ता सम्म सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको उनले बताए ।

पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा उपलब्ध भएको मन्त्रालयले जनाएको छ । हाल बागमती प्रदेशमा भेडाको सङ्ख्या ९३ हजार ६ सय ३९ र बाख्राको सङ्ख्या २३ लाख ५१ हजार २ सय १७ रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*