कारको ठक्करबाट एक बालकको मृत्यु
मकवानपुर । कारको ठक्करबाट काठमाडौंको धापासीमा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय तीन वर्षीय श्रीयन पाण्डे रहेका छन् । उनलाई मंगलबार बेलुकी बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा रातिनै धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।










