६ महिनामै झण्डै १० अर्ब रुपैयाँ खर्च

मकवानपुर । आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिना साउनदेखि–पुस सम्ममा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ ।
यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।