प्रहरीमा ३ जना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप

हेटौडा न्युज
५ फाल्गुन २०७८, बिहीबार १७:२९
;

मकवानपुर । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए । प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको सङ्ख्या ८ पुगेको छ । भने प्राविधिकतर्फ एक जना गरेर प्रहरीमा जम्मा एआईजीपीको सङ्ख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*