थप ४ सय ३७ जनामा कोरोना, २ जनाको मृत्यु
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ४ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ३३ जनाको पीसीआर परीक्षणमा २ सय ७५ जना र ३ हजार ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६२ जना गरी ४ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४ सय ५४ रहेको छ । भने कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ ।










