बैतडीमा ट्रिपर दुर्घटना

हेटौडा न्युज
९ फाल्गुन २०७८, सोमबार १७:२५
;

मकवानपुर । ट्रिपर दुर्घटना हुुँदा बैतडीमा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको ट्रिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।

स्थानीय गणेश विष्टका अनुसार विद्यालयबाट फर्किँदा ट्रिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् । दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*