हतियारसहित ३ जना पक्राउ

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार ११:४२
;

मकवानपुर । हतियारसहित कैलालीको कैलारी गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् । सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान कैलारी गाउँपालिका–५ छोटीपलियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र बन्दुकमा प्रयोग हुने पाँच थान टोटा÷कार्टिज र तीन थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले जनाएको छ । से २ प ८९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*