गायक तथा कलाकार जयनन्द लामाको अन्तिम बिदाई

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार १३:२५
;

मकवानपुर । गायक तथा कलाकार जयनन्द लामाको अन्तिम बिदाई गरिएको छ ।

शुभचिन्तक तथा आफन्तजनले उनलाई श्रद्धाञ्जली दिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि लामाको शव राखिएको थियो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । कलाकार लामालाई श्रद्धाञ्जली अर्पणका लागि कलाकार, सर्वसाधारण, शुभचिन्तक राष्ट्रिय नाचघर पुगेका थिए ।

लामाको शवलाई आज दिउँसो स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन् । भक्तपुर लोकन्थलीस्थित आफ्नै घरननजिक कलाकार लामा बुधबार बिहान मृत भेटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*