ह्वाट्सएपमा ‘रेड हर्ट’ पठाए जेल सजाय हुने

हेटौडा न्युज
१२ फाल्गुन २०७८, बिहीबार १५:४०
;

मकवानपुर । ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुने भएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ । साउदी अरबको ठगी नियन्त्रण संस्थाका सदस्य मोआताज कुटबीका अनुसार ह्वाट्सएपमा मायाको चिह्न पठाउनुलाई यौन दुव्र्यवहार तथा उत्पीडन कसुरको रुपमा लिन सकिनेछ । सरकारले इमोजीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भए पनि ‘रेड हर्ट’ इमोजी प्राप्त गर्ने कुनै महिला वा पुरुषले उजुरी गरेमा त्यस्तो इमोजी पठाउनेमाथि कारबाही हुनेछ ।

अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ । अटेरी गरेर पटक–पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियालसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजायँ हुनेछ ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*