थप १ सय ५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजर २ सय ३९ पीसीआर परीक्षणमा १ सय १ जना र २ हजार ९ सय १३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै ५ सय ४० जना सङ्क्रमणमुक्त भएका छन् ।










