प्रहरीसामु आफैं उपस्थित हुने पल शाहको घोषणा

हेटौडा न्युज
१५ फाल्गुन २०७८, आईतवार ११:२९
;

मकवानपुर । जबर्जस्ती करणीको आरोप लागेका नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता प्रहरीको खोजीमा रहेका पल फरार रहँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*