मकवानपुरमा नेपाल बन्दको आशिंक प्रभाव

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १०:१५
;

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव आशिंक रुपमा देखिएकोे छ ।

नेपाली काङ्ग्रेस,नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन सरकारले संसदबाट एमसीसी पारित गरेसंगै विरोधमा आह्वान भएको नेपाल बन्दको कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कारण मकवानपुरको जिल्ला भित्र चल्ने सवारी आवत जावत बन्द रहेको छ । भने लामो दूरीको यातायात पनि बन्द रहेको छ ।

यहाँको सम्पूर्ण सरकारी तथा नीजि शैक्षिक संस्थाहरु पनि बन्द रहेको छ । बन्दको कारण बजार, उद्योग, कलकारखाना पनि बन्द रहेको छ । हेटौंडा बजार भित्र भने साना सवारी अटो,मयुरी र मोटरसाईकल भने चलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*