संसद भवन अगाडि शङ्कास्पद वस्तु फेला

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १२:००
;

मकवानपुर । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शङ्कास्पद वस्तु भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिए जानकारी दिए । शङ्कास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ ।

उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शङ्कास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*