बल्कर सवारीमा आगजनी

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १२:०४
;

मकवानपुर । हेटौंडामा बन्तकर्ताहरुले रिद्धि सिद्धि सिमेन्टको सवारीमा आगजनी गरेका छन् ।
हेटौंडा–१५ को रातोमाटेको शिवम् रोडबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने सडकमा प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्कर गाडीमा आगजनी भएको हो ।

आगजनीबाट सवारीको अगाडी भाग पूर्णमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । यसअघि आजै बन्दकर्ताहरुले हेटौंडा–१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गरेका छन् । सरकारले एमसीसी पारित गरेसंगै विरोधमा विप्लवको नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आज बन्द आह्वान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*