रुसी सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ अघि बढे
मकवानपुर । रुसी सैनिकहरूको ठूलो समूह अत्याधुनिक हतियारसहित युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ ।
स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ । रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।
स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा छ । राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई हमलाको सङ्केत स्वरुप साइरन बजाइएको छ ।