शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा डिस्पोज

हेटौडा न्युज
१७ फाल्गुन २०७८, मंगलवार १७:१६
;

मकवानपुर । भक्तपुरको कौशलटारमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बताए ।

उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*