मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पाल्पा जिल्लाको रम्भा गाउँपालिका–१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो ।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।










