सार्वजनिक यातायातको क्षेत्रमा गर्नुुपर्ने सुधारका विषयमा हेटौंडामा अन्तरक्रिया
मकवानपुर । सार्वजनिक यातायातको क्षेत्रमा गरिनुपर्ने सुधारका विषयमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पुरानो नारायणी यातायात कम्पनी प्रालिको आयोजनामा भएको कार्यक्रममा प्रवन्ध निर्देशक सरोज कुमार खनालले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ३६ लाख सवारी साधन गुडिरहेको बताए । पाँच लाख भन्दा बढी चालक सहचालक रोजगारी पाइरहेका अवस्थामा संशोधित यातायात निर्देशिका जारी गरेपछि यातायात व्यवसायीले प्यानभ्याटमा जानुपर्ने कम्पनी खडा गर्नेुपर्ने झन्झट थपिएको गुनासो पोखेका थिए । एउटै सवारी साधनले ६ थरिका कर लिने प्रणाली अन्त्य गरि सबैखाले कर एकद्धार प्रणालीबाट वार्षिक रुपमा एकमुष्ठ लिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी, यातायात मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा, बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक ध्रुवराज राउत, प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरिक्षक सुशील सिंह राठौंर, मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ, हेटौंडा उपमहानगर उपमेयर मिना कुमारी लामा, नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नारायणी यातायात वयवसायी संघका पूर्व अध्यक्ष बद्री प्रसाद चौलागाई लगायतले मन्तब्य व्यक्त गरेका थिए ।










