थप १ सय ५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४ सय ७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । भने ३ जनाको मृत्यु भएको छ ।