मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने

हेटौडा न्युज
१९ फाल्गुन २०७८, बिहीबार १८:२५
;

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ ।

सातवटै प्रदेशमा भोली शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जनाइएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ प्रसाद अधिकारीले पहिलो पटक देशको सात वटै प्रदेशमा प्रादेशिक सम्मेलन हुने बताएका हुन् । उनले २०७४ सालमा राष्ट्रिय सम्मेलन पछि पहिलो पटक प्रदेशमा सम्मेलन आयोजना गरिएको बताए ।

मानव अधिकार रक्षकका रक्षा, चुनौती, समस्याहरुलाई छलफल गरि एउटा घोषणापत्र तयार पारी सरकारलाई बुझाउने बताएका थिए । प्रादेशिक सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका गरि १३० जनाले सहभागिता रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*