पुर्पक्षका लागि थुनामा रहेका एक युवकको मृत्यु

हेटौडा न्युज
२१ फाल्गुन २०७८, शनिबार ११:४०
;

मकवानपुर । कैलाली कारागारमा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*