मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौडा न्युज
२१ फाल्गुन २०७८, शनिबार १६:३१
;

मकवानपुर । मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका– ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए ।

शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए । प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*