हेटौंडाको चौकीटोलमा इ–स्कुटी शोरुम

मकवानपुर । हेटौंडाको चौकीटोलमा आजबाट बर्षा इ–अटोमोबाईल्सले विद्युतीय स्कुटी (इलेक्ट्रोनिक स्कुटी) को शोरुम (बिक्री कक्ष) शुरु गरेको छ ।
हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले आज बिहान उक्त शोरुमको उद्घाटन गरेका थिए । वातावरणीय स्वच्छताको लागि इन्धनयुक्त सवारी भन्दा विद्युतीय सवारीमा जोड दिनु पर्ने मेयर महतको भनाई रहेको छ ।
yadea कम्पनीबाट उत्पादित इ–स्कुटी एकपटक चार्ज गर्दा ७५ किलोमिटरसम्म गुड्ने दाबी गरिएको छ । इ–स्कुटीमा २ हजार वाट क्षमताको ब्याट्री रहेको र एकपटक फूल चार्ज गर्दा १.५ युनिट विजुली मात्रै लाग्ने हुनाले इन्धनयुक्त सवारीभन्दा धेरै सस्तो पर्ने बताईएको छ ।
क्याम्पस स्तरका विद्यार्थी, हेटौंडा बजारभित्र एकस्थानबाट अर्को स्थानमा पुग्नेहरुको लागि इ–स्कुटी भरपर्दो र किफायतीहुने बर्षा इ–अटोमोबाईल्सका सञ्चालक सवि भण्डारीको भनाई रहेको छ । पछिल्लो समय इन्धनको मूल्यमा वृद्धि भएसँगै अफिस, हाटबजार जान, छोटो दूरीकालागि विद्युतीय सवारी साधनमा आकर्षण बढ्दै गएको छ ।