स्थानीय तहको निर्वाचनकोे चुनाव चिह्न हरियो रङको हुने
मकवानपुर । स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुङ्गो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो । मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो ।
पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो । यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ । भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।










