मोटरसाइकलको ठक्करबाट प्रहरीको मृत्यु
मकवानपुर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– २० राझाँचोकमा गएराति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका –६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् ।गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका– ७ घर भइ अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गएराति ९ बजे ट्राफिक प्रहरी र उनीहरु सहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको हो । मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।










