मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौडा न्युज
२८ फाल्गुन २०७८, शनिबार ०९:५९
;

मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा चितवनको इच्छाकामना गाउँपालिका–२ मा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नम्बर–३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*