१ सय ८० किलो लागूऔषध गाँजा र पिकअप गाडी सहित ३ जना पक्राउ
मकवानपुर । १ सय ८० किलो लागूऔषध गााँजा, पिकअप गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पिकअप गाडीका चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय बुद्धीमान वाईबा, उक्त गाडीमा सवार सोही स्थानका २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेका छन् ।
उनीहरुलाई आइतवार मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित सडकखण्डमा चैनपुरबाट हेटौडा तर्फ आउदै गरेको बा. ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १ सय ८० किलो फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त लागूऔषध गाँजा,पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










