भोलिबाट लाईसेन्सको अनलाइन आवेदन प्रणाली बन्द
मकवानपुर । सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको हो । सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुङ्ग्याउनुपर्ने भएकाले भोलि (चैत १) बाट आवेदन बन्द गरिएको जनाएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।










