होलीमा सुरक्षा व्यवस्था कडा, चेकजाँचमा कडाई

हेटौडा न्युज
३ चैत्र २०७८, बिहीबार ११:३५
;

मकवानपुर । होली पर्वलाई मध्यनजर गर्देे महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३ सय ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ । बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*