बस दुर्घटना हुँदा २ जनाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनमहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ. ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।
हेटौंडाबाट चितवन तर्फ गईरहेको ना ४ ख ४४५४ नम्बरको बस आज बिहान मनहरी ६ को कुलचोकमा दुर्घटना भएको थियोे । दुर्घटनामा एक दर्जन बढी घाईते भएको प्रहरीले जनाएको छ ।










