हेटौंडामा परीक्षा बोर्डकै कर्मचारीको परीक्षा लिनुपर्ने भो

न समयमा आउँछन् , न ड्रेस लगाउँछन्
हेटौडा न्युज
७ चैत्र २०७८, सोमबार १२:००
;

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाको कार्यालयमा कर्मचारीको प्रवृत्ति देखेर सेवाग्रही हैरान भएका छन् ।

कक्षा ११ र १२ को ट्रान्सक्रिप्ट लिने र टा«न्सक्रिप्टका लागी आवश्यक काजगपत्र बुझाउन राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाको कार्यालयमा लाईन बसेका विद्यार्थीहरु कर्मचारीको स्वेच्छाचारी प्रवृत्ति देखेर हैरान भएको गुनासो गर्छन् । सोमवार विहान ९ बजेर ५० मिनेटमा परीक्षा बोर्ड हेटौंडा कार्यालय अगाडी ट्रान्सक्रिप्ट लिन लाईन बसेका थाहा नगरपालिका वडा नम्बर–१ का समिर प्रधान भन्छन् “१० बजे कार्यालय खुल्छ भनेर ९ बजेर ५० मिनेटमै लाईनमा बसे छिट्टै काम सकिएला भनेको १० बजेर ३५ मिनेटमा मात्रै कर्मचारी आईपुगे हामी जस्तो टाढाबाट आउने सर्वसाधारणले कसरी समयमै सेवा पाउने कर्मचारीहरु आफ्नो मनलाग्दी समयमा कार्यालय आउछन् । यसको अनुगमन कस्ले गर्छ, यस्तो कर्मचारीलाई कस्ले कार्वाही गर्छ ।”

१० बजे कार्यालयमा हाजिर भएर सेवा दिईसक्नुपर्ने भएपनि सोमवार राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालय काउन्टरका कर्मचारी १० बजेर ३५ मिनेटमा कार्यालय आईपुगेका थिए । कर्मचारीहरु ढिलो आउने र आफ्नो पोसाक समेत नलगाई कार्यालय आउने गरेको भेटिएको छ । परीक्षा बोर्ड हेटौंडाको कार्यालयको काउन्टरमा बसेका एक कर्मचारी आफ्नो कार्यालय पोसाकमा थिएनन् । सरकारी कार्यालयहरुका कर्मचारीको अनुशासन र सेवा प्रवाहको अनुगमन जिल्ला प्रशासन कार्यालय मकवानपुरले गर्छ । तर जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक सय मिटरको दुरीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका कर्मचारीको कार्यशैली र सेवाप्रवाहको अनुगमननै नभएको जस्तो देखिन्छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आफुहरले विभिन्न समयमा मातहतका सरकारी कार्यालयहरुको अनुगमन गर्ने गरेको दाबी गर्छन् । सरकारी कार्यालयको सेवा प्रवाह र गुनासोबारेमा कार्यालय प्रमुखहरुको बैठकमा छलफल गरिने सहायक प्रजिअ गैह्रेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*