भैसैंमा सुमो र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

हेटौडा न्युज
१० चैत्र २०७८, बिहीबार १६:४३
;

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर–१ भैसैमा बिहीवार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीवार दिउँसा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्वरको सुमो र विपरित दिशातर्फबाट आउँदै गरेको ना ४९ प २५५६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने ३१ वर्षीय प्रमोदकुमार रिमाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाईकल चालकको मृत्यु भएको हो । प्रहरीले सवारीसाधन सहित सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*